Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बैंकहरूले लगानी गर्न छाडेपछि सस्तोमै जग्गा

बैंकहरूले लगानी गर्न छाडेपछि सस्तोमै जग्गा

काठमाडौं,९ माघ । बैंकहरूमा तरलता अभावसँगै घरजग्गा कारोबार समेत सुस्तता आएको छ । सोही कारण पनि केही ठाउँको जग्गाको मूल्य घटेको छ ।

पुसमा घरजग्गा कारोबारमा मन्दी नै आएको छ । अन्तर्राष्ट्रिय बजारमै घरजग्गा कारोबारमा मन्दी आइरहेका बेला नेपालमा पनि त्यस्तै देखिएको छ ।

बैंकहरूमा निक्षेप घटेसँगै घरजग्गामा समेत लगानी गर्न छाडेपछि घरजग्गामा मन्दी आएको हो। अत्याधिक कारोबार हुने महिनाको रुपमा पुस परिचित रहेको थियो । तर चालु वर्षको पुस महिनामा घरजग्गाबाट उठ्ने राजस्वमा ४० करोड रुपैयाँले घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिरमा ७ अर्ब ६ करोड रुपैयाँ राजस्व उठेकोमा पुसमा ६ अर्ब ७० करोड ४२ लाख रुपैयाँ मात्रै संकलन भएको छ । पुस महिनामा पुँजीगत लाभकर १ अर्ब ४७ करोड रुपैयाँ संकलन भएको छ। मंसिरमा १ अर्ब ६७ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो । कारोबार संख्या भने मंसिर र पुसमा समान ७० हजार रहेको छ ।

उपत्यकामै घरजग्गा कारोबारमा सुस्ताएको छ। मासिक २ हजारदेखि २ हजार ५०० सम्म घरजग्गा किनबेच हुने उपत्यकाका लगनखेल, भक्तपुर लगायतका ठाउँमा पनि पुसमा १५\१६ सय मात्रै किनबेच भएको छ ।

झापा, विराटनगर, बेलबारी, जनकपुर, लगनखेल, भक्तपुर, चितवन, नेपालगञ्ज लगायतका कार्यालयले मात्रै एक हजारभन्दा धेरै घरजग्गा किनबेच गराएका छन् । विगतमा यी कार्यालयको कारोबार संख्या २\३ हजारभन्दा धेरै हुने गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x