Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भारतमा अन्तराष्ट्रिय उडान प्रतिबन्ध

भारतमा अन्तराष्ट्रिय उडान प्रतिबन्ध

काठमाडौं, ९ माघ । भारत सरकारले यहि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित गरेको जनाएको छ ।


भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले कोभिड भाइरसको सङ्क्रमण तिब्ररुपमा बढीरहेकाले फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएके भएपनि पहिले स्वीकृत गरेको अन्तर्राष्ट्रिय सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागूनहुने जनाएको छ ।


निर्णयमा भारतबाट विदेश जाने र विदेशबाट भारत आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी २८ को राति १२ बजेसम्मका लागि विस्तार गर्ने उल्लेख छ ।


बढ्दो कोभिड सङ्क्रमणको फैलावटलाई नियन्त्रण गर्न भारतले मार्च २०२० को अन्त्यतिर राष्ट्रव्यापी लकडाउनका साथै अन्तराष्ट्रिय तथा राष्ट्रिय उडानहरू स्थगित गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x