Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अफगानिस्तानको आर्थिक सम्मेलनमा ६० देश

अफगानिस्तानको आर्थिक सम्मेलनमा ६० देश

काठमााडौं, ९ माघ । अफगानिस्तानमा आयोजना गरिएको आर्थिक सम्मेलनमा ६० देशका प्रतिनिधि सहभागी भएको दाबी गरिएको छ ।
अफगानिस्तानमा सरकार बनाएको तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले सरकारद्वारा आयोजित आर्थिक सम्मेलनमा उनीहरू सहभागी भएको दाबी गरेका छन्।


गत बुधबार आयोजना गरिएको सम्मेलनमा देशको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका र बैंकीङ विषयमा छलफल भएको थियो ।
सम्मेलनमा तालिबान सरकारले आफ्ना असहमति, असन्तुष्टि, आशङ्का जे छन् ती सबै कुरा राख्न सबैलाई अनुरोध गरेको थियो ।
उनीहरूको आशङ्का र असन्तुष्टिलाई सम्बोधन गर्न आफूहरू तयार रहेको पनि सम्मेलनमा सहभागी तालिबानी नेताहरूले प्रतिबद्धता जनाएका थिए ।


महत्वपूर्ण परियोजनाहरू अफगानिस्तानमा ल्याउन पनि तालिबानी नेताहरूले सहभागीहरूलाई आह्वान गरेका थिए ।


अफगानिस्तानमा तालिबान विद्रोहीहरूले सरकार बनाएपछि विश्व समुदायबाट हुने सहयोग अधिकांश बन्द भएको छ । त्यसलाई फेरि निरन्तरता दिलाउने अपेक्षासहित सम्मेलनको आयोजना गरिएको अधिकारीहरूले जनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x