Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

शेयर बजारमा १०० अंकको ह्रास, सबै समूह राताम्मे

शेयर बजारमा १०० अंकको ह्रास, सबै समूह राताम्मे

काठमाडौं, १० माघ । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजारमा १००.१० अंकको ह्रास आएको छ । यस दिन नेप्से परिसूचक ३.४३ प्रतिशतले घटेर २८२०.४१ अंकमा आइपुगेको छ ।

सोमवार २२८ वटा कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख ?पैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन सबै समूहको उपसूचक घटेर राताम्मे भएका छन् ।

घटेको बजारमा बिहीवार सर्वाधिक शेयरमूल्य बढ्नेमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र डब्लूईएएन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै शेयरमूल्य धेरै गुमाउनेमा भने कर्णाली डेभलपमेन्ट बैंक रहेको छ, जसको मूल्य ७.८२ प्रतिशतले घटेको छ ।

यस्तै कारोबार रकमका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा छ । यस कम्पनीको ३८ करोड ३४ लाख ?पैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x