Date

बिहि, जेष्ठ २९, २०८२
Thu, June 12, 2025

महानिर्देशकसहित ९ कर्मचारी र ९ सिमेन्ट कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

महानिर्देशकसहित ९ कर्मचारी र ९ सिमेन्ट कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १३ माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानी तथा भू–गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित ९ कर्मचारी र ९ सिमेन्ट कम्पनीलाई मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक घिमिरे, तत्कालीन सुपरिटेन्डेन्ट माइनिङ इन्जिनियर जयराज घिमिरे, उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इन्जिनियर प्र्रशान्त बोहरा, सि.डि.जि धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी र जियोलोजिष्ट डा.सौनक भण्डारीले आफूखुसी गलत व्याख्या गरी सिमेन्ट कम्पनीलाई क्षतिपूर्ति तिर्नबाट उन्मुक्ति दिएको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर भएको हो ।

आयोगले ती कर्मचारीसँगै सर्वोत्तम सिमेन्ट लिमिटेड, सिद्धार्थ मिनिरल्स प्रालि, मारुती सिमेन्ट्स लिमिटेड, अन्न्न्पूर्ण क्वेरिज प्रालि, उदयपुर मिनरल्स टेक प्रालि, युनाइटेड सिमेन्ट प्रालि, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, कन्चन क्वेरिज प्रालि र डोलोमाइट चुनढुंगा उद्योग प्रालिविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *