Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

डिम्याट खाता खोल्नेको संख्या करीब ४९ लाख पुग्यो, ६ महिनामै १३ लाख खाता खुले

डिम्याट खाता खोल्नेको संख्या करीब ४९ लाख पुग्यो, ६ महिनामै १३ लाख खाता खुले

काठमाडौं,१६ माघ । हालसम्नेपालमा डिम्याट खाता खोल्नेको संख्या करीब ४९ लाख पुगेको छ । सिडिएस क्लियरिङका अनुसार हालसम्म डिम्याट खोल्नेको संख्या ४८ लाख पाँच हजार आठ सय २० पुगेको हो । चालू आर्थिक वर्षको असारदेखियता मात्र डिम्याट खाता खोल्ने संख्या १३ लाखले वृद्धि भएरको छ ।

त्यस्तै मेरो सेयरको प्रयोगकर्ता पछिल्लो असारसम्ममा २६ लाख रहेकोमा हाल ३९ लाख १७ हजार पुगेको छ । मेरो सेयर प्रयोगकर्ताको संख्या पनि १३ लाख नै बढेको छ ।

बढ्दो बजार र छिटो नाफा आर्जन गर्न सक्ने भएकाले पनि यसप्रति आकर्षण चुुलिएको छ । त्यसकारण पनि खाता खोल्नेको संख्या बढेकाे सिडिएस क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x