Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२८ करोड राजश्व छली आरोपित उमाशंकर २५ हजार धरौटी बुझाएर रिहा

२८ करोड राजश्व छली आरोपित उमाशंकर २५ हजार धरौटी बुझाएर रिहा

काठमाडौं, १७ माघ । २८ करोड रुपैयाँ राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा भएका छन् । यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहनुभएका रायभर आइतबार रिहा भएका हुन ।

सर्वोच्च अदालतले शुक्रबार उनको धरौटी रकम घटाएर २५ हजार बनाइदिएको थियो। सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन ।

सर्लाहीका सरोजकुमार मिश्राले उनको नागरिकता दुरुपयोग गरेर कम्पनी खोलेर राजश्व छली गरेको खुलेपछि सर्वोच्च अदालतले धरौटी घटाएको हो। रायभरको नाममा मिश्रले विभिन्न कम्पनीबाट १ अर्ब ४ करोड राजश्व ठगी गरेको भन्दै राजश्व अनुसन्धान विभागले उच्च अदालतमा मुद्दा दायर गरेको थियो

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x