भैरहवा नाकाबाट ६ महिनामा ११ अर्ब बढीको खाद्यान्न भित्रियो
रूपन्देही, १७ माघ । रुपन्देहीको भैरहवास्थित बेलहिया नाका हुँदै चालू आर्थिक वर्षको ६ महिनामा ११ अर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । सो नाकाबाट गत साउनदेखि पुस मसान्तसम्ममा ३ लाख ७ सय १४ मेट्रिक टन तरकारी, फलफूल र खाद्यान्न भित्रिएको छ ।
सो अवधिमा उक्त नाकाबाट ३ अर्ब ७७ करोड ४३ लाख ८३ हजार बराबरको तरकारी, एक अर्ब ४९ करोड चार लाख ३० हजारको फलफूल र ५ अर्ब ८३ करोड ८७ लाख ९४ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको भन्सार कार्यालयले जनाएको छ । ६ महिनामा ८२ हजार ३ सय ८८ मेट्रिक टन चामल नेपाल भित्रिएको छ । चामलमा मात्रै नेपालले भैरहवा भन्सारबाट ३ अर्ब ७५ करोड ७५ लाख ३ हजार खर्चेको छ ।
त्यस्तै, १ अर्ब ४ करोड ६० लाख ३१ हजार ७ सय ६८ मेट्रिक टन मकै भित्रिएको छ । यस्तै, १ अर्ब ३ करोड ५२ लाख ३५ हजार रुपैयाँ बराबरको गहुँ, कनिका, जौ र ओट्स लगायत अन्य खाद्यान्न आयत भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।