सिटिजन्स बैंकद्वारा कल सेन्टर

काठमडौं, २३ माघ । सिटिजन्स बैंकले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ कल सेन्टर सेवा आइतबारदेखि संचालनमा ल्याएको छ ।
अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिंङ सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् ।
ग्राहकहरूले ०१–५९७००६८ नम्बरमा फोन गरी तथा सपोर्ट एटदी रेट सीटि जेट एन बैंक डट कममा ईमेल गरी कल सेन्टरको सुबिधा प्राप्त गर्न सक्नेछन् ।
कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ्ख सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने छ । हालका लागी यो सेवा ८ घण्टाको लागी आरम्भ गरिएको छ ।
क्रमशस् सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको छ । देशभरी रहनुभएका १३ लाख भन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसगै बैकसंग थप नजिक हुन सहज हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले नगद रहित बैंकिङ, व्यत्तिको उपस्थित बिनाको बैकिङ, प्रणालिको स्व संचालन तर्फ अफूलाई अग्रगामी बनाउदै लगेको कुरा सो कार्यक्रममा उपस्थित बैंकका व्यवस्थापकहरुलाई प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताए ।
अबको बंैकिङ ग्राहकहरुलाई सरल, सुलभ, सुरक्षित, सहज बनाउदै प्रविधिको अत्याधिक प्रयोग गर्ने गरी काम अघि बढाउन उपस्थित व्यवस्थापकहरुलाई पोखरेलले आग्रह गरे ।

सिटिजन्स बैंकले डिजिटल बंैकिङमा अत्याधिक प्रयोग बढाउदै लगेको छ । प्रविधि मैत्री र नयाँ पुस्ता बैंकिङ सिटिजन्सले आगामि दिनमा अत्याधिक प्राथमिकतामा राखि संचालन लागत घटाउन र ग्राहक मैत्री सहजता दिने विश्वास पनि पोखरेलले व्यक्त गरे । उक्त बैंकले आगामी दुई बर्ष भित्रको डिजिटल बैकिङ्ग सम्बन्धी मार्गचित्र समेत बनाएर अघि बढेको जानकारी दिए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
कोरोना भाइरस कोभिड १९ को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।
यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान र वीथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।