Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शेयर बजार घट्ने क्रम रोकिएन

शेयर बजार घट्ने क्रम रोकिएन

काठमाडौं, २३ माघ । शेयर बजारमा साताको पहिलो दिन आइतबार घट्ने क्रम देखिएको छ । गएको साता पहिलो दिन आइतबार बढेको बजारले साताभरको अवस्था थामे पनि यो साता भने आइतबार नै बजार घटेको हो ।


आइतबार स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक ४०.५७ अंकले घटेर २ हजार ८ सय ३६ दशमलब १७ बिन्दुमा पुगेको छ ।

आइतबार १ करोड ६ लाख ५१ हजार ७ सय ५४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५ सय १० रूपैयाँको कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

जसमा १ सय ७५ कम्पनीको शेयर मूल्य घट्दा १३ कम्पनीको बढेको छ भने ३ कम्पनीको शेयर मूल्यमा परिवर्तन भएको छैन ।

गत साता समग्रमा नेप्से ९५.७५ अंकले बढे पनि साताको अन्तिम कारोबारको दिन बिहीबार १४.५८ अंकले घटेर २८७६.७५ बिन्दुमा आइपुगेको थियो । गत साताको पहिलो दिन आइतबार एकैदिन १ सय ५.५५ अंकले बढे पनि यो साताको पहिलो दिन नै दोहोरो अंकले बजार घटेको हो ।

चुनावको चर्चाले पछिल्लो समय शेयर बजारमा उतारचढाव भइरहेको छ । थामिएर उच्च बिन्दुमा पुग्ने देखिएको बजारमा उतारचढाव भइरहे पनि लगानीकर्ता अतालिनुपर्ने अवस्था नरहेको शेयर लगानीकर्ता एंव जानकार नवराज अधिकारीको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x