Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लगानी विस्तारमा आक्रमक डाबर नेपाल, ९ अर्ब ६८ करोड रुपैयाँ लगानी थप्ने स्वीकृति

लगानी विस्तारमा आक्रमक डाबर नेपाल, ९ अर्ब ६८ करोड रुपैयाँ लगानी थप्ने स्वीकृति

काठमाडौं, २६ माघ । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँ लगानी थप्ने भएको छ । डाबर नेपाललाई त्यस बराबरको लगानी थप्न लगानी बोर्डले स्वीकृत दिएको हो ।

कोरोनाको दोस्रो लहरअघि नै डाबरले लगानी थप्न अनुमति माग गर्दै प्रस्ताव गरेको थियो । पेय, सौन्दर्य तथा स्वास्थ्यवद्र्धक वस्तु उत्पादन गर्ने डाबरले नेपालको ९ अर्ब ६८ करोड रुपैयाँ पूँजी थप गर्ने प्रस्ताव स्वीकृत गरिएको हो ।

कम्पनीको प्रस्तावमाथि छलफल गरेर बोर्डको मंगलवार बसेको बैठकले लगानी स्वीकृति दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए । कुल निर्यात व्यापारमा डाबरको योगदान ५. ३४ प्रतिशत रहेको छ । नेपालमा ९७.५ प्रतिशत अंश डाबर इन्टरनेशनल लिमिटेडको र बाँकी साढे २ प्रतिशत स्वामित्व नेपाली साझेदारको रहेको छ । २०४७ सालको परिवर्तनसँगै नेपाल आएको डाबरले पछिल्लो समय नेपालमा जुसलगायत वस्तु उत्पादन गरी भारत निर्यात गर्दै आएको छ । निर्यातको सम्भावना बढी भएको वस्तुको उत्पादन क्षमता बढाउन डाबरले प्राथमिकतामा राखेको छ ।

रियल जुस, डाबर च्यवनप्रास, डाबर रेड टुथपेस्ट, हाजमोला, डाबर अमला हेयर अयल, डाबर हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोस्टाइल, ओडोनिल, ⋲यान्डवासलगायत डाबरका मुख्य उत्पादन हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x