Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निक्षेपको व्याजदर ११.०३ प्रतिशत पुर्याउने बैंकर्सको निर्णयमा महासंघले आपत्ति

निक्षेपको व्याजदर ११.०३ प्रतिशत पुर्याउने बैंकर्सको निर्णयमा महासंघले आपत्ति

काठमाडौं, २९ माघ । वाणिज्य बैंकहरुबीच निक्षेपको ब्याजदर बढाउने भद्र सहमतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले शुक्रबार निक्षेपको ब्याजदर बढाएर ११.०३ प्रतिशत बनाउने भद्र सहमति भएको थियो ।

महासंघले अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुन बढेमा यो क्षेत्र थप धरासायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने चिन्ता व्यक्त गरेको छ।

व्याजदर वृद्धि लगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दवावमा पर्दा यसको प्रत्यक्ष असर मुुलुकको उत्पादन र अर्थतन्त्रमा भन्दै क्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको व्याजदर वृद्धि हुन गई उद्योग व्यवसाय थप सिथिल हुने महासंघको निष्कर्ष छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x