एक बर्षमा बैंक तथा वित्तीय संस्थाले ५ सय ३२ वटा शाखा खोले
काठमाडौं, १ फागुन । बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ पुस मसान्तसम्म कुुल २ सय ३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा
सहभागी भएका छन्। यसमध्ये १ सय ७७ संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै कुल ७ सय ५३ स्थानीय तहमध्ये २०७८ पुससम्म ७ सय ५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७७ पुससम्म ७ सय ४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ पुस मसान्तमा १ सय २९ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार ६८३ रहेकोमा २०७८ पुस मसान्तमा ११ हजर २१५ पुगेको छ ।