Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आजदेखि रात्रिकालीन व्यवसाय १० बजेसम्म सञ्चालन गर्न पाइने

आजदेखि रात्रिकालीन व्यवसाय १० बजेसम्म सञ्चालन गर्न पाइने

काठमाडौं, १ फागुन। कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन गर्न पाइने भएको छ ।

कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन गर्न पाइनेछ । कोरोना संक्रमण बढेसंगै सरकार यी व्यवसाय बन्द गरेको थियो । यस्तै आजैदेखि शैक्षिक संस्थामा पनि भौतिक उलस्थितीमा पठनपाठन सुरु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x