Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

संकटमा थाङ्का व्यवसाय

संकटमा थाङ्का व्यवसाय

टीकाराम गौतम
काठमाडौं, २८ माघ । काठमाडौंका पर्यटन क्षेत्रमा हुने थाङ्का व्यापारमा विगतका ६÷७ वर्षपहिले देखि कमी आएको छ । विशेषतः कोरोना पछि व्यापारमा कमी आएको हो । थाङ्का व्यापार तथा व्यवसाय गर्दै आएको बौद्ध स्तुपा सेन्टरका अनुसार पहिले सिजनमा दैनिक ५÷१० लाख बराबरको कारोबार हुने गरेकोमा अहिले त्यसको तुलनामा १०÷१५ प्रतिशत मात्र व्यापार हुने गरेको बताउँछन् ।

एउटा थाङ्कालाई हजार, १५ सयदेखि २ लाखसम्म पर्ने र राम्रो खालको थाङ्का तयार गर्दा एक महिना देखि तिन महिना सम्म लाग्ने थाङ्का सेन्टरका म्यानेजर दिनेश लामाले बताए ।

सेतो कपडालाई पहिला सेतो माटो र ग्लु लगाएर क्यान्भास तयार गरेपछि त्यसमा विभिन्न भगवान्को मूर्तिलाई आर्ट गरेर तयार पारिएको चित्रकलालाई थाङ्का भनिन्छ । आर्ट गर्दा पेन्सिल, रुलर, कम्पास, ब्रस, फरक फरक खालका कलर र सुन जस्ता सामग्रीको प्रयोग गरी तयार पारेको हुन्छ ।

पछिल्लो समय नेपालमा बनेका थांकाहरू प्राय चिनमा व्यापार हुने गर्दछन् । ६÷७ वर्ष पहिले भने अमेरिका, जापान, भारत र युरोपेली मुलुकमा व्यापार हुने गर्दथ्यो । त्यस्तै राम्रो आर्ट गर्न सकेमा एउटा कलाकारले मासिक ५० देखि ६० हजार कमाइ गर्न सक्ने सो सेन्टरका म्यानेजर लामाले बताए ।

सरकारले थाङ्का कलाकारलाई तालीम केन्द्र खोलर विशेष किसिमको तालीम दिनुपर्नेमा उनले जोड दिए । ‘किनकि यसले एउटा राष्ट्रिय मौलिकता बोकेको छ, यसलाई हामीले जोगाइराख्नु पर्दछ,’ उनले भने । उनका अनुसार यो शीबाट १५ देखि २० हजार मानिसले रोजगार पाउन सक्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x