Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

स्थानीय तहको निर्वाचनले चालू खर्च थप बढ्ने

स्थानीय तहको निर्वाचनले चालू खर्च थप बढ्ने

काठमाडौं, २ फागुन । स्थानीय तहको निर्वाचनमा ३९ अर्ब रुपैयाँ खर्च आवश्यक हुने भएको छ । त्योमध्ये निर्वाचन आयोगका लागि १२ अर्ब र सुरक्षा निकायका लागि २७ अर्ब रूपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । यस्ले गर्दा चालू आर्थिक वर्षमा चालू खर्च थप बढ्ने भएको छ । विकास खर्छ भने अहिलेसम्म २० प्रतिशत भन्दा कम छ । बैशाखमा चुनाव भएमा यो थप प्रभावित हुने अनुमान छ ।

स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै अर्थले आवश्यक रकमको जोहो गर्ने जनाइसकेको छ। निर्वाचन पर्यवेक्षण समिति नेपालका अनुसार २०७४ सालमा तीन चरणमा भएको स्थानीय तहको निर्वाचनमा सरकारले निर्वाचन आयोग र सुरक्षा निकायलाई गरी १८ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको थियो भने, उम्मेद्वार तथा समर्थकहरुले थप ५० अर्ब रुपैयाँ खर्च गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x