के आज संसदमा एमसीसी टेबल होला ?
काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ ।
हिजो बसेको नेपाली कांग्रेसको बैठकले एमसीसी पारित गर्ने निर्णय गरेसँगै आजको संसदमा उक्त सम्झौता टेबल हुने धेरैको अनुमान छ । तर, संसद सचिवालयले हिजो जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन ।
आज एमसीसी टेबल हुने अनुमान सहित नेत्रबिक्रम चन्द नेतृत्वको पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पनि केही दिन अघिको सर्वदलीय बैठकमा दलहरू बीच राष्ट्रिय सहमतीय बने आफू एमसीसी टेबल गर्न बाधक नबन्ने जनाइसकेका छन । यसले गर्दा पनि आज टेबल हुने धेरैको अनुमान छ । तर संसद सचिवालयले हिजो जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन ।