Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

खल्ती बाट ब्लुबुक नविकरण शुल्क तिर्न सकिने

खल्ती बाट ब्लुबुक नविकरण शुल्क तिर्न सकिने

काठमाडौं , ४ फागुन । अनलाइन भुक्तानी सेवा प्रदायक संस्था खल्तीले निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ ।

खल्ती प्रयोग कर्ताले ब्लुबुकको शुल्क अनलाइन बाट तिर्न मिल्ने गरि सो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको प्रयोग गर्न सक्ने र आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराउने बताइएको छ ।

प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व पहिले आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गरी नागरिक एप वा यातायात व्यवस्थापन सूचना प्रणाली (टि यम आइ यस्) को वेबसाइट मार्फत भुक्तानी गर्न सकिने र यो दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुने भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल खल्ती मा प्राप्त गर्न सकिने संस्थाले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *