जलविद्युत आयोजनामा लगानी
काठमाडैं , ४ फागुन । एनएमबि बैंक लि. र रेमिट हाइड्रो लि. बीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा रहेको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रो लि. द्घारा प्रवद्र्घित आयोजना हो ।
रेमिट हाइड्रो लि.को मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. तथा रेमिट्यान्सकर्ताहरु लगानी रहने र एनएमबि बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिने बैंकले बताएको छ ।
घुन्सा खोला जलविद्युत आयोजनाको कुल लागत रु.१८ अर्ब २५ करोड रहेको छ । नेपाल राष्ट्र बैंकबाट जारी इन्भारोमेन्टल एण्ड सोसल रिस्क म्यानेजमेन्ट २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति – (इन्भारोमेन्टल एण्ड सोसल पोलिसी) तयार गरी बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली ९इन्भारोमेन्टल एण्ड सोसल म्यानेजमेन्ट सिस्टम ० लागु गरेको हो । बैंक एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको सो बैंकले बताएको छ ।