मन्त्री आले र होटल संघ नेपालका अध्यक्ष बिच भेट
काठमाडैं , ४ फागुन । होटल संघ नेपालका अध्यक्ष सृजना राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री प्रेमबहादुर आलेलाई भेटी पर्यटन क्षेत्रका समसामयिक विषयवस्तु र वर्तमानको कोभिडबाट अप्ठेरो परिस्थितिमा रहेको होटल उद्योगको प्रभावकारी संचालनमा सहजिकरणको लागि आग्रह गरिएको हो ।
अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रर्वद्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएको होटल संघ नेपाल (हान) ले आफ्ना सदस्यहरुको हक अधिकारको पक्षमा वकालत गर्दै आएको जानकारी गराउँदै राजस्व, कर तथा शुल्कहरु राज्यलाई बुझाउनुपर्ने कर्तव्यबाट विमुख हुन नहुने बताउँदै राज्यले तोकेको राजस्व तथा शुल्कको नियमसंगत हुने सम्बन्धमा समर्थन रहेको बताएकी हुन ।
कोभिडको महामारीले पर्यटन व्यवसाय धरासायी भएको अवस्थामा पर्यटन व्यवसायमा देखिएका यस्ता खालका समस्याले नेपालमा पर्यटन क्षेत्रमा लगानीको वातावरण सकारात्मकता नभएको बताउदै पाँचतारे होटल याक एण्ड यतिको इजाजत खारेजी बारे ध्यानाकर्षण गराउँदै अध्यक्ष राणाले यसबाट श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक तथा करार अन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा सुविधा उपलब्ध गराउनलाई समस्या रहेको जानकारी गराईन।
होटल याक एण्ड यति लगायत अन्य होटलहरुको सम्बन्धमा उठेका विषय र निर्णय समेतको बारेमा संघको धारणा राख्दै राज्यको कानून संगत नियम पालना गराउने मामलामा संघको सहयोग रहने तर होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पु¥याएको योगदान कदर गर्दै होटल जस्तो ठूलो लगानी भएको प्रतिष्ठानहरुले अर्थतन्त्रलाई पु¥याएको योगदानको कदर हुनुपर्ने बताइएको छ ।