Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

धितोपत्र बजार विस्तारका लागि ब्रोकरको संख्या बढाउनुपर्छ : सीईओ कार्की

धितोपत्र बजार विस्तारका लागि ब्रोकरको संख्या बढाउनुपर्छ : सीईओ कार्की

काठमाडौं, ४ फागुन । नेपाल स्टक एक्सचेञ्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकरको नयाँ लाइसेन्स जारी गर्न सकिने बताएका छन् । हाल मुलुकका अधिकांश नियामकीय निकाय संघीय संरचनामा गइसकेको सन्दर्भमा नेप्सेले पनि सेवा विस्तार गर्नुपर्ने र यसका लागि विद्यमान ब्रोकरको संख्या थप्नुपर्ने देखिएको उनको भनाइ छ ।

‘संघीयताको मर्म र सेवाग्राहीको आवश्यकता अनुसार धितोपत्र बजारका सेवालाई उपत्यका बाहिर पनि विस्तार गर्नुपर्ने खाँचो छ,’ अर्थको अर्थसँगको संवादमा उनले भने, ‘यसका लागि ब्रोकरको संख्या थप्नुपर्ने हुन्छ ।’

ब्रोकरको नयाँ लाइसेन्स जारी गर्ने सम्बन्धमा आवश्यक छलफल तथा अध्ययन भइरहेको भन्दै सीईओ कार्कीले आवश्यकता र औचित्यका आधारमा संख्या बढाइने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x