नबिल बैंक र सोवा हेल्थ केयरको साझेदारी
काठमाडौं , ४ फागुन । नबिल बैंकले सोवा हेल्थ केयरसंग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रधान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले यस साझेदारीको लाभ उठाउन सक्नेछन् ।
ललितपुरको एकान्तकुनामा रहेको सोवा हेल्थकेयर अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको साथै चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहूँच प्रदान गर्ने पोलिक्लिनिक भएको सो पोलिक्लिनिकले बताएको हो ।
सन् १९८४ देखि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८७ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले बताएको छ ।