Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

१९.८४ अंकले घट्यो शेयर बजार, ३ अर्बको कारोबार

१९.८४ अंकले घट्यो शेयर बजार, ३ अर्बको कारोबार

काठमाडौं, ४ फागुन । साताको चौथो कारोबार दिन बुधबार शेयरबजार १९.८४ अंकले घटेको छ । यस दिन नेप्से ०.७२ प्रतिशतले घटेर २७३४.४४ अंकमा आइपुगेको छ ।

बुधबार २३१ कम्पनीको ५६ लाख ५२ हजार १ सय ८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २ करोड ६३ लाख ?पैयाँभन्दा बढीको कारोबार भएको हो । यस दिन ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स समेत ३.४७ अंकले घटेर ५१८.६६ अंकमा आइपुगेको छ ।

१३ समूहका कम्पनीको उपसूचकमध्ये धरैको कारोबार घटेको छ । यस दिन जीवन बीमा समूहको भने उपसूचक सर्वाधिक २०.६६ अंकले बढेर १५१२९.७० अंकमा पुगेको छ । यस्तै जलविद्युत् समूहको उपसूचक सर्वाधिक ७२.७७ अंकले घटेर ३२६६.२४ अंकमा आइपुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x