Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

उद्यमशीलताका लागी ४ प्रतिशतमा ऋण

उद्यमशीलताका लागी ४ प्रतिशतमा ऋण

काठमाडौँ , ५ फागुन । उद्यमशीलतामा लाग्नेले २ लाख देखि ५ लाख रुपैयाँसम्मको कर्जा पाउने भएका छन् । व्यक्तिगत तवरमा ऋणीले ८ प्रतिशतमा र सहकारी र वित्तीय संस्थाले ४ प्रतिशत व्याजदरमा ऋण पाउने भएका हुन् । आत्मनिर्भर अर्थतन्त्र विकासका लागी कोही पनि बरोजगार बस्नुनपर्ने योजना सहित ऋण उपलब्ध हुने भएको हो । ऋणको नियमित किस्ता भुक्तानी पछि ब्याजबापत् तिरेको मध्ये ६० प्रतिशत रकम ब्याज अनुदानबापत् ऋणीलाई नै फिर्ता दिने हुँदा प्रभावकारी ब्याजदर ३.२ प्रतिशत मात्र हुने बताइएको हो ।

कर्मभूमि समाज र युवा तथा साना व्यवासायी स्वरोजगार कोषको सहकार्यमा उद्यमशीलता विकास गर्नका लागी सो योजना अगाडि ल्याइएको हो । समाज र कोष बीच बिहिबार आयोजित एक कार्यक्रममा स्वरोजगारको लागी सहमति भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले युवाले अवसरको खोजी गर्न र चिन्न सक्ने बनाउन उनीहरूलाई पर्याप्त व्यवसायिक र प्राविधिक सीप प्रदान गर्नुपर्नेमा जोड दिदै युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सहकारी मार्फत् लगानी गर्दा तिनै सहकारीका सदस्यहरू भन्दा बाहिर वित्तीय पहुँच पुग्न नसकेको बताए ।

संस्थाको उद्देश्य आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने रहेको र काम गर्न चाहने कोही पनि बरोजगार बस्नुनपर्ने उल्लेख गदैं कोषले यस वर्ष १२,००० जनालाई स्वरोजगार बनाउने, १२०० व्यवसायीहरूको बीमा गर्ने र १,९७३ व्यवसायीलाई ब्याज अनुदान प्रदान गर्ने लक्ष्य रहेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x