Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एमसीसीबारे चीनिया प्रश्न : `उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो ?´

एमसीसीबारे चीनिया प्रश्न : `उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो ?´

काठमाडौं, १२ फागुन । नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको सकस बढिरहेका बेला विश्वका दुई महाशक्ति अमेरिका र चीन नेपाल मामिलामा वाकयुद्धमा उत्रिएका छन् । चीनिया विदेश मन्त्रालयले दोस्रो पटक एमसीसीबारे कडा टिप्पणी गरेको छ ।

चीनिया विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाललाई एमसीसी अमेरिकाको उपहार हो कि पाण्डोराको बाकस हो भनी कटाक्ष गरेकी छिन ।

उपहार हो भने अमेरिकाले किन अल्टिमेटम दिइरहेको छ भन्दै उनले आफूलाई यसले आश्चर्यमा पारेको बताइन । `उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो ? मलाई डर लागेको छ, यो देख्दा राम्रो छ तर चपाउन निकै कठिन हुन्छ ।´ उनले भनिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x