Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

घर र गाडी खरिदमा दिइने ऋणमा कडाइ

घर र गाडी खरिदमा दिइने ऋणमा कडाइ

काठमाडौं, १२ फागुन । नेपाल राष्ट्र बैंकले घर र गाडी खरिदमा दिइने ऋणमा कडाइ गरेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट गरिएको नयाँ व्यवस्थाअनुसार जोखिम भारमा पुनरावलोकन गरेको छ।

घर गाडी खरिदका दिइने ऋण, व्यक्तिगत ऋणमा जाने ऋणको जोखिम भार बढाउँदै कडाइ गरिएको हो । व्यक्तिगत ऋण, घर गाडी किन्नका लागि दिइने ऋणको जोखिम भार १५० प्रतिशत पुर्‍याइएको छ।

यस्तो ऋणको जोखिम भार पहिले ७५ प्रतिशत थियो। त्यस्तै, सेयर धितोमा दिइने ऋणको जोखिम भार पनि १५० प्रतिशत पुर्‍याइएको छ । यसअघि यस्तो भार १०० प्रतिशत मात्र थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x