Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

१५.५० अंकले घट्यो शेयर बजार, ३ अर्ब १३ करोडको कारोबार

१५.५० अंकले घट्यो शेयर बजार, ३ अर्ब १३ करोडको कारोबार

काठमाडौं, ११ फागुन । साताको चौथो कारोबार दिन बुधवार शेयर बजार १५.५० अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.५७ प्रतिशतले घटेर २७२०.४३ अंकमा आइपुगेको हो ।

बुधवार २२८ वटा कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएकामध्ये जलविद्युत् र म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक घटेका छन् ।

घटेको बजारमा बुधवा दिव्येश्वरी हाइड्रोपावर लिमिटेड र युनाइटेड इडी मर्दी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा भने नेपाल दूरसञ्चार कम्पनी रहेको छ, जसको १८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x