Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

रानी जमरा कुलरिया सिँचाइ आयोजना : जलविद्युत्को काम अन्तिम चरणमा

रानी जमरा कुलरिया सिँचाइ आयोजना : जलविद्युत्को काम अन्तिम चरणमा

बाँके, ११ फागुन । रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत निर्माणाधीन जलविद्युत्को काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाको चार मेगावाट क्षमताको जलविद्युत् योजना जानकी गाउँपालिका–९ कटाक्षे क्षेत्रमा रहेको छ ।

आयोजनाले भवन निर्माण र नहरको सबै काम सम्पन्न गरिसकेको छ भने अहिले उपकरण सामानको जडानको काम हुँदै आएको छ । गतवर्षकै असार मसान्तसम्ममा मुख्य नहरमा पानी छाड्ने लक्ष्य भए पनि कोरोना संक्रमणका कारण समयमै काम सम्पन्न हुन नसक्दा आयोजनाको काम लम्बिएको हो । आयोजनाले असार मसान्तसम्ममा सबै काम सम्पन्न गरेर मङ्सिर महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको भए पनि काम सम्पन्न हुन अझै समय लाग्ने भएको छ ।

सो आयोजनाको प्रमुख केदार श्रेष्ठले चालू आर्थिक वर्षको अन्तिमसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गर्दै आएको जानकारी दिए । कोरोनाका कारण समयमै आयोजनाको काम सम्पन्न गर्न नसकिएको भन्दै उनले बाहिरी काम सम्पन्न भए पनि उपकरण जडानको काम शुरू भएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x