देउसी भैलो खेलेर क्यान्सर पीडितलाई सहयोग
बर्दिया, १२ कार्तिक । बर्दियाको बढैयातालमा देउसी भौलो खेलेर क्यान्सर पीडित महिलालाई युवाहरूले आर्थिक सहयोग गरेका छन् । बढैयाताल गाउँपालिका वडा नं ८ पशुपति बजारका युवाहरूले सोही वडाकी क्यान्सर पीडित ४५ वर्षीया रेखा नेपालीलाई सहयोग गरेका हुन् ।
भैलो कार्यक्रममा सङ्कलित रकमबाट समूहले नेपालीलाई नगद रु. १० हजार सहयोग उपलब्ध गराएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित ४५ वर्षीया रेखा नेपालीलाई समूहका सदस्यहरूले वडा सदस्य ममता घर्ती सहित घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
देउसी भैलो समूहका संयोजक खड्कबहादुर सुनारका अनुसार सांस्कृतिक कार्यक्रमबाट उठेको रकम सहयोगले पीडित परिवारलाई राहत मिलोस् भनेर सहयोग गरिएको बताए । सहयोग प्राप्त गरेपछि पीडितका श्रीमान् लालबहादुर नेपालीले समूह प्रति आभार व्यक्त गर्दै रकम भन्दा पनि सहयोगीहरूको मन ठुलो भएको बताए ।
विगतका वर्षमा देउसी भैलो खेलेर जम्मा भएको रकम बनभोज र भ्रमणमा खर्च गरिने गरेमा यस वर्ष भैलोमा प्राप्त भएको रकम क्यान्सर रोग वाट ग्रसित भुमिहिन सुकुम्वासी परिवारका महिला लाई सहयोग गरेको समुहका संयोजक सुनारले बताए ।



