Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

भैरहवामा बन्दैछ पाँचतारे होटल

भैरहवामा बन्दैछ पाँचतारे होटल

काठमाडौं, १२ फागुन । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै ठूला होटल निर्मााणमाा व्यवसायी बालकृष्ण भुसाल अघि सरेका छन् । बिमानस्थल निर्माण भएसँगै २०७९ सालको सुरूवातदेखि नै व्यावसायिक उडान गर्ने तयारी सरकारको छ ।
भुसालको तयारीमा अन्य निजी क्षेत्रको लगानी पनि उक्त क्षेत्रमा बढिरहेको छ। विमानस्थल निर्माण भइरहँदा नै विशेषगरी होटलमा ठूलो लगानी भएको बुटवल–भैरहवा क्षेत्रमा नयाँ परियोजना अघि बढेका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रित गरेर पर्यटन प्रबर्द्धन गर्ने र त्यसका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई उपयोग गर्ने सरकारको नीति छ । यही मौकामा निजी क्षेत्रका व्यवसायीहरूले यसअघि नै त्यहाँ ठूला होटल परियोजना अघि बढाएका छन् ।

पवल प्यालेस, टाइटल प्यालेस जस्ता लक्जरी होटल यसअघि नै सञ्चालनमा आइसकेका छन् भने सिद्धार्थ होटल निर्माणाधीन छ ।

यसअघि टाइगर प्यालेस रिसोर्ट खरिदका लागि अघि बढेका भुसालले आफैले बुटवल–भैरहवा क्षेत्रमा होटल निर्माण गरिरहेका छन् । भुसालले चारतारेदेखि पाँचतारेसम्मका होटल परियोजना अघि बढाएका छन् ।

यसअघि व्यवसायी सीपी श्रेष्ठको समूहले नान्स टु नामको होटल परियोजना अघि बढाएको थियो । ठूलो होटल बनाउने भन्दै यो समूहले अघि बढाएको यो परियोजना भुसालले खरिद गरेर पाँचतारे स्तरको होटल निर्माण गरिरहेका छन् ।

११७ कोठा हुनेगरि होटलको भौतिक संरचना निर्माण भइरहेको भुसालले जानकारी दिए ।


यो होटल भने अन्तर्राष्ट्रिय चेन होटलको व्यवस्थापन आउने छ । कुन चेन ल्याउने भनेर अहिलेसम्म टुंगो लागेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x