Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एमसीसीमा ईच्छा छैन अर्थमन्त्रीको

एमसीसीमा ईच्छा छैन अर्थमन्त्रीको

काठमाडौं, १२ फागुन । बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ । मध्यान्न १ बजे बस्ने बैठमा निकै चर्चामा रहेको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टका विषयमा छलफल संसद सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन बीच भएको अनुदान सहायता सम्झौता माथी सामान्य छलफल गरियोस’ भनी प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

अहिले निकै चर्चामा रहेको एमसीसी संसदमा छलफल हुने दिन भने जुन मन्त्रीले उक्त प्रस्ताव छलफलको लागि पेश गर्नुपर्ने हो त्यही मन्त्री उपत्यका बाहिर रहेका छन् । एमसीसी संसदमा छलफलको लागि पेश नपरेर मन्त्री शर्मा सार्वभौम संसदलाई छल्दै पर्वतमा पुगेका छन् ।

बिहीबार पर्वत उद्योग वाणिज्य संघको साधरणसभामा सहभागी हुन भन्दै मन्त्री शर्मा त्यहाँ पुगेका छन् ।

यसअघि पनि गत आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले एमसीसी सम्झौता संसदमा पेश गर्ने संसदको कार्यसूचीमा रहेको थियो । तर मन्त्री शर्मा बिरामी भन्दै बैठकमा सहभागी नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विद्येयक संसदमा टेबल गरेका थिए ।

आइतबारको बैठकमा माओवादीका सचेतक देव गुरुङले बैठक सुरु हुने वित्तीकै यथास्थितीमा एमसीसी पास हुने नहुने धारणा राखे । तर अहिले त्यही तल सत्तामा रहेको छ । मन्त्री शर्मा भने जिल्ला भ्रमणमा रहेकाले इच्छा नरहेको संकेत देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x