Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सीकोलामा

सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सीकोलामा

काठमाडौं, १२ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीवारदेखि काठमाडौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र सञ्चालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीह?को उपस्थिति रहेको थियो । टेकु र पेप्सीकोलामा थप दुई शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २५ पुगेको छ ।

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यस अघि बैंकले देशका विभिन्न स्थानह?मा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरह? संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १२८ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २५ शाखारहित बैंकिङ्ग र १०७ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x