Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

प्रदेश १ मा बजेटको टूंगो नलाग्दा कार्यालय संचालनमा समस्या

प्रदेश १ मा बजेटको टूंगो नलाग्दा कार्यालय संचालनमा समस्या

काठमाडौं, १५ फागुन । प्रदेश नम्बर १ मा सरकार विस्तार भएको दुई साता बितिसक्दा पनि बजेर र कार्यक्रमबारे टूंगो लाग्न सकेको छैन् । ७ मन्त्रालयलाई टूक्र्याएर १३ वटा बनाइए पछि बजेट र कार्यक्रम बाँडफाँड नहुँदा कार्यालय संचालन अन्य खर्च गर्न समेत समस्या हुन थालेको छ।

यसले गर्दा मन्त्रालयहरू पनि काम विहीन भएको सामाजिक विकास मन्त्री जयराम यादवले बताए । चालु आर्थिक वर्ष २०७८–०७९ मा मन्त्रालयहरूका लागि विनियोजन गरिएको सञ्चालन खर्चमा व्ययभार थपिएपछि बजेट सन्तुलन मिलाउन प्रदेश सरकार लागिरहेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए । उनले छिटै बजेत र कार्यक्रमको टूगो लाग्ने विश्वास पनि व्यक्त गरे ।

थपिएका नयाँ मन्त्रालयमा चालु खर्च र कार्यालय संचालनका लागि पनि समस्या हुँदै आएको छ । जसले गर्दा थपिएका मन्त्रालयहरु अहिले पनि साँघुरो कोठाबाट दैनिक कामकाज संचालन गर्न बाध्य छन् । सरकारले आफ्ना निहित स्वार्थ पुरा गर्नका लागि मन्त्रालय टुक्राए पनि काम कारवाहीमा आएको समस्यामा भने खासै चासो देखाएको छैन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x