Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

काठमाडौ उपत्यकामा बन्न थाल्यो स्मार्ट सिटी

काठमाडौ उपत्यकामा बन्न थाल्यो स्मार्ट सिटी

काठमाडौं, १५ फागुन । काठमाडौं उपत्यका विकास प्राधिकरणले इशान शहरबाट उपत्यकाका नयाँ स्मार्ट सिटी बनाउन गृहकार्य शुरु गरेको छ ।

प्राधिकरणले उपत्यकामा ४ स्मार्ट सिटी बनाउने भनिएकोमध्ये प्राधिकरणले इशान शहरबाट शुरु गर्नका लागि गृहकार्य शुरु गरेको हो ।

प्राधिकरणले १ लाख ३० हजार रोपनीमा उपत्यकामा स्मार्ट सिटी बनाउने भनिएको थियो । जसमा १ लाखको क्षेत्रफलमा ठूलो शहर बन्नेछ भने बाँकी १०÷१० रोपनीमा अन्य ३ शहर बनाउने जनाएको थियो ।

सरकारले इशान, आग्नेय (पूर्वदक्षिण) नैऋत्य र उत्तर गरी ४ वटा नयाँ शहर बनाउने तयारी गरेको थियो । त्यसमध्ये ललितपुर महानगरपालिकाले अस्वीकर गरेर कार्य अगाडि बढाएको थियो ।

त्यसमध्यले अन्य ३ वटा स्थानमा भने शहर बनाउने निर्णय स्वीकृत भएको थियो । ललितपुर महानगरपालिकाले भने स्मार्ट शहर निर्माणका लागि आयोजना अस्वीकृत गरेको थियो । त्यसैले, प्राधिकरणले १ लाख रोपनी जग्गा क्षेत्रफलमा रहेको इशान शहरबाट स्मार्ट सिटी बनाउने तयारी गरेको प्राधिकरणका आयुक्त जानुका ढकालले जानकारी दिइन् ।

उनका अनुसार प्राधिकरणले इशान शहरबाट स्मार्ट सिटी निर्माण कार्य शुरु गरेर मात्रै अन्य शहर बनाउने तयारी गरेको छ ।

जसको अनुमानित लागत २ खर्ब ८६ २५ करोड रुपैयाँ रहेको छ ।

सो स्मार्ट शहर निर्माणका लागि सडक र ल्यान्ड पुलिङको लागि ६५ अर्ब ४१ करोड ४० लाख रुपैयाँ खर्च हुने जनाएको छ । त्यसैगरी, शुरुङ सडकका लागि ३९ अर्ब ६ करोड ३० लाख, वाटर सप्लाईमा ३ अर्ब ३२ करोड ३० लाख, ढल व्यवस्थापनमा ३ अर्ब १३ करोड ८० लाख, फोहोर व्यवस्थापनमा ६१ करोड ९० लाख, विद्युतमा १ अर्ब २३ करोड ९० लाख, टेलिफोन नेटवर्कमा १ अर्ब २३ करोड ९० लाख, आइएसपी नेटवर्कमा १ अर्ब २३ करोड ९० लाख, अर्बन सर्भिस सेन्टरमा ४ अर्ब २० करोड र वातावरणीय परिवर्तनमा ४ करोड २० लाख रुपैयाँ खर्च हुने लागत अनुमान गरेको छ ।

सामाजिक पूर्वाधारमा हरियाली, पार्क र पोखरीमा २ अर्ब २५ करोड ६० लाख, धार्मिक तथा सामुदायिक क्षेत्रमा ४ करोड २० लाख रुपैयाँ खर्च हुने योजनामा समावेश छ ।

आर्थिक पूर्वाधारमा सार्वजनिक पार्किङमा २५ करोड ५० लाख, हेलिप्याडमा १ अर्ब, केबल कारमा २५ करोड, पिकनिट तथा मनोरञ्जन सेन्टरमा २ करोड, जल करिडोरमा २५ अर्ब २० करोड, कल्चर भिलेजमा १ अर्ब ७५ करोड, अपार्टमेन्ट निर्माणमा ८२ अर्ब ४७ करोड र कमर्सियल कम्प्लेक्समा २७ अर्ब ४८ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x