Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

रुस र युक्रेन युद्ध : नेपालीको भान्सा महङ्गिदै

रुस र युक्रेन युद्ध : नेपालीको भान्सा महङ्गिदै

काठमाडौं, १६ फागुन । रुस र युक्रेनबीचको जारी युद्धले नेपाली अर्थतन्त्र पनि प्रभावित हुने भएको छ। युद्धले विशेषगरी खाने तेल, पेट्रोलियम पदार्थ र कोइराको मूल्य वृद्धि हुने र त्यसको असर प्रत्येक नेपालीको भान्सामा पर्ने निश्चित छ ।

नेपाल समुद्रपार निकासी पैठारी संघका प्रथम उपाध्यक्ष बिनोदकुमार सेठियाले खाने तेल र पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुदाँ त्यसको असर नेपाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने बताए । नेपालले आयात गर्ने सूर्यमुखीको कच्चा तेल सबैभन्दा बढी युक्रेनबाट आउने उनले बताए । यस्तै गहुँ र गहुँबाट बनेका बस्तुहरुको आयात पनि नेपालमा हुने गरेको छ । रुसले ठूलो मात्रामा पेट्रोलिय पदार्थको कारोबार गर्ने भएकाले त्यसको मूल्यमा हुने बृद्धिले नेपालमा हाल निकै बढिरहेको पेट्रोलियम पदार्थको मूल्य थप बढ्ने चिन्ता उनले व्यक्त गरे ।

युक्रेनमा आक्रमण सुरु भएको केही समयमै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा धेरैले बढेको थियो ।

यी दुई देशको तनावको प्रत्यक्ष प्रभाव नेपाललाई धेरै नपरे पनि परोक्ष प्रभाव भने ठूलो हुने देखिन्छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालले रुसबाट दुई अर्ब ४० करोड रुपैया र युक्रेनबाट १७ अर्ब १७ करोड रुपैयाँको बस्तु आयात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x