Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

जीवन बीमा कम्पनीले ७ महिनामा संकलन गरे ८१ अर्ब ३० करोड बीमाशुल्क

जीवन बीमा कम्पनीले ७ महिनामा संकलन गरे ८१ अर्ब ३० करोड बीमाशुल्क

काठमाडौं, १६ फागुन । चालू आर्थिक वर्षको ७ महिनामा नेपालका जीवन बीमा कम्पनीहरूले ८१ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीले उक्त बीमाशुल्क संकलन गरेका हुन् ।

सो अवधिमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले २१ अर्ब ८ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै दोस्रोमा रहेको लाइफ इन्योरेन्स कम्पनी (नेपाल)ले ९ अर्ब ७५ करोड र तेस्रोमा युनियन लाइफ इन्स्यारेन्स कम्पनीले ४ अर्ब ८२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा सबैभन्दा कम बीमाशुल्क संकलन गर्ने कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ, जसको बीमाशुल्क संकलन ८१ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x