६३.९८ अंकले घट्यो शेयर बजार, ३ अर्ब ६२ करोडको कारोबार
काठमाडौं, १८ फागुन । साताको चौथो कारोबार दिन शेयर ६३.९८ प्रतिशतले घटेको छ । यस दिने शेयर बजार मापक नेप्से परिसूचक २.४५ प्रतिशतले घटेर २५४६.६० अंकमा आइपुगेको छ ।
बुधवार २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड २१ लख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन कारोबारमा आएका सबै समूहको उपसूचक राताम्मे भएका छन् । सबैभन्दा धेरै शेयरमूल्य वित्त कम्पनीहरूको घटेको छ । यस समूहको उपसूचक ३.६५ प्रतिशतले घटेको हो ।
घटेको बजारमा सर्वाधिक शेयरमूल्य बढ्नेमा भने रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ, जसको शेयरमूल्य ४ प्रतिशतले उचालिएको छ । यस्तै सर्वाधिक शेयरमूल्य गुमाउने कम्पनी भने हिमालयन जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीको शेयरमूल्य ८.२६ प्रतिशतले खस्किएको हो । कारोबार रकमका आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ । यस कम्पनीको १५ करोड १८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।