आगामी चैत १८ देखि ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ आयोजना हुने
काठमााडौं, १८ फागुन । आगामी चैत १८ देखि २० गतेसम्म राजधानीको भृकुटीमण्डपमा तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ आयोजना हुने भएको छ । यस एक्स्पोको आयोजना स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले संयुक्तरुपमा गरिएको हो ।
एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहनेछन् । यस्तै भारतीय राजदूतावासको समन्वय हुने एक्स्पोमा भारतका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहयोग र सहकार्यमा समेत सहजता आउने अपेक्षा इप्पानले गरेको छ । यसबाट नेपालको जलविद्युत्को बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको र अवसर उजागर हुने विश्वास समेत गरिएको छ ।
हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको विकसित पछिल्ला प्रविधिका बारेमा जानकारी गराउन नेपालको जलविद्युतको लागि बजारको प्रवर्द्धन गर्न, देशभित्र विद्युत खपत बढाउने, विद्युत व्यापारको प्रबनने हाइड्रोपावर सम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामुनि भेला पारी यससम्बन्धी जान, सीप तथा प्रविधिको जानकारी दिन तथा विभिन्न मुलुकसँग हाइड्रोपावर परियोजना विकासका सम्बन्धमा छलफल गर्ने उदेश्यले यो एक्स्पोको आयोजना गर्न लागिएको इप्पानले बताएको छ । यसले नेपालमा उर्जा उत्पादनको वतमान अवस्थालाई थप तीव्रता दिन सहयोग गर्ने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको राष्ट्रिय लक्ष्यमा महत्वपूर्ण योगदान दिने तथा जलविद्युत क्षेत्रको विकासमा बहुआयामिक योगदान पुयाउने अपेक्षा इप्पानको छ । यसैले हिमालयन हाइड्रो एक्स्पो २०२२ ले ऊर्जा क्षेत्रको विकासमा फरक महत्व र प्रभाव पार्ने अपेक्षा गरेका छौं ।
तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी स्टल रहनेछन्, जसमा झन्डै ५० प्रतिशत विदेशी स्टल रहने अनुमान छ । एक्स्पोको अवसरमा नेपाल–भारत पावर कन्क्लेभको आयोजना गरिनेछ । यसमा नेपाल र भारतका विज्ञहरूले विद्युत् उत्पादन, प्रसारण, प्रविधि र व्यापार सम्बन्धी चारबुँदे विषयवस्तु छलफल गराउनुका साथै जलविद्युत् सम्बन्धी अन्य विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।