कृषिमन्त्रीको राहत दिने प्रतिवद्धता
काठमाडौं, १९ फागुन । नेपाल कृषि सहकारी केन्द्रीय संघले सरकारले किसानलाई मल बीउ दिन नसकेको सन्देशप्रति सरकारको ध्यानाकर्षण गराएको छ । सहकारी संस्था आफै बीउ र मल उत्पादन गर्ने र विक्रि गर्ने कार्यमा संलग्न नभएको भन्दै सरकारले मल बीउ उपलब्ध गराउन नसकिरहेको अवस्थामा संस्थामा आउने, सदस्य किसानहरुलाई भड्काउने कार्य गरेकोप्रति संघले आपत्ति जनाएको छ ।
संघले नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, प्रदेश सरकार र स्थानिय सरकारको ध्यानाकर्षण समेत गराएको हो ।
संघको ७५ वटा जिल्लामा सञ्जाल विस्तार भएको ११ सय भन्दा बढि सहकारी संस्था सदस्ये र करिव ४० लाख भन्दा बढि सदस्य छन् । यस संघले आफ्ना सदस्य संस्थाहरु मार्फत सदस्य किसानहरुलाई सिप, क्षमता र व्यवसायिक अभ्यासका लागि सहयोग प्रदान गर्दै आएको छ । यसैगरी संघमा आवद्ध रहेका संस्थाहरुले पनि आफ्ना सदस्य किसानहरुलाई विभिन्न प्रकारका सेवाहरु प्रदान गर्दै कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्व बढाउन सहयोग गरेको छ ।
संघको मागलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र सिंङ यादवले किसानलाई राहत दिए समस्या न्यूनिकरण गर्ने प्रविबद्धता जनाए ।