Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

काठमाडौं, १९ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममाबागमती प्रदेश अन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३०औं, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा१३१औं र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२औं शाखा कार्यालय स्थापना गरेको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
बैंकका यस संगै १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवातथा ७७ वटा एटिएम मार्फत सेवा प्रदान हुँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x