Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

आईओसीलाई भुक्तानी दिन निगमले सरकारसँग ४ अर्व माग्यो

आईओसीलाई भुक्तानी दिन निगमले सरकारसँग ४ अर्व माग्यो

काठमाडौं, २९ फागुन । नेपाल आयाल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग पुनः रकम माग गरेको छ । आगामी यहि फागुन २४ मा आईओसीलाई बुझाउनु पर्ने इन्धन खरिदको २५ अर्ब रुपैयाँका जोहो गर्न रकम अभाव भएपछि ४ अर्ब रुपैयाँ रकम जुटाइ दिन निगमले सरकारसँग माग गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ८ र २३ मार्चमा गरी दुई किस्तामा आईओसीलाई झण्डै २५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ ।

निगमले एक महिनाको अवधिमा दोस्रो पटक थप रकम मागेको हो । पेट्रोलियम खरिदको भुक्तानी गर्न रकम नपुगेपछि मूल्य स्थिरीकरण कोषबाट रकम जुटाइ दिन मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x