Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कच्चा तेलको मूल्य हालसम्मकै उच्च विन्दुमा, आयल निगम मूल्य बढाउने तयारीमा

कच्चा तेलको मूल्य हालसम्मकै उच्च विन्दुमा, आयल निगम मूल्य बढाउने तयारीमा

काठमाडौं, १९ फागुन । युक्रेन र रसिया बीचको युद्ध चर्किंदै जाँदा यसको असर कच्चा तेलको मूल्यमा देखा परेको छ ।
बुधबार एकैदिन झण्डै छ प्रतिशतले बढेर ब्रेन्ट कच्चा तेलको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

बुधबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १११.६ सेन्ट डलर पुगेको छ । यसअघि जुन १ मार्च २०११ मा सबैभन्दा बढी ब्रेन्ट कच्चा तेलको मूल्य ११०.४ सेन्ट डलर थियो ।

युद्धका कारण विभिन्न देशले रसियामाथिको प्रतिबन्ध बढाउँदै लगेपछि रसियाबाट निर्यात हुने कच्चा तेलको आपूर्ति शृंखलामा असर पर्ने अनुमान गरिएको छ । आगामी दिनमा मूल्य थप बढ्ने व्यापार विज्ञ डा. पुस्प शर्माले बताए । तेलको मूल्य बढ्दा मुलुकको हरेक क्षेत्रमा त्यसको सिधा असर पर्ने गर्छ ।

उसो त सोमबार मात्र भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई नयाँ मूल्य सुची पठाइ सकेको छ । त्यसमा इन्धनको मूल्य बढेर आएकाले निगम समायोजनको तयारीमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x