एकैपटक पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँ वृद्धि
काठमाडौं, २० फागुन । नेपाल आयल निगमले एकैपटक पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँ बढाएको छ । निगमले बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेकाे हाे ।
निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको खुद्रा विक्रि मूल्यमा प्रति लिटर ५ रुपैयाँले बढाएर काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र)मा प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य एक सय ५०, र एक सय ३३ रुपैयाँ कायम गरेको छ ।
मूल्य समायोजनपछि पनि नेपाल–भारत सीमा क्षेत्रमा अझै पनि पेट्रोल २४ रुपैयाँ २४ पैसा र डिजेल १७ रुपैयाँ ३१ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो नै रहेको छ ।