Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दुई महिनामा ३७ हजार सात सय ४१ पर्यटक नेपाल आए

दुई महिनामा ३७ हजार सात सय ४१ पर्यटक नेपाल आए

काठमाडौं, २० फागुन । सन् २०२२ को दोस्रो महिना (फेब्रुअरी)मा करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरीमा १९ हजार सात सय ६६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत वर्षको यही महिनामा ९ हजार एक सय ४६ जना पर्यटक नेपाल आएका थिए ।

सन् २०२२ को पहिलो महिनामा जनवरीमा १७ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो दुई महिनामा कुल ३७ हजार सात सय ४१ जना पर्यटक नेपाल आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x