आजदेखि आन्तरिक हवाई भाडा वृद्धि, कुन स्थानको कति ? (सुचीसहित)
काठमाडौं, २२ फागुन । निजी क्षेत्रका सबै एयरलाइन्सहरुले आजदेखि लागु हुनेगरि आन्तरिक उडानको भाडादर बढाएका छन् । एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले इन्धनको मूल्यबृद्धिसँगै भाडा बढाएका हुन ।
नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्याउँदा १० रुपैया प्रतिलिटर बढेको छ । निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयामा खरीद गरी २३ रुपैया ८ पैसा नाफा राखेर १३६ रुपैया प्रति लिटरमा विक्री गर्छ ।
आयोनले आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयादेखि बढीमा ५४० रुपैयासम्म बृद्धि गरेको छ ।