Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

गौतमबुद्ध विमानस्थलमा ४१ दिनपछि बोइङ तथा एयरबसले उडान भर्ने

गौतमबुद्ध विमानस्थलमा ४१ दिनपछि बोइङ तथा एयरबसले उडान भर्ने

काठमाडौं, २९ फागुन । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ ।

यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिक रूपमा उडान खोल्ने तयारी भएको हो । आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमित रूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा अबको ४१ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण गर्न सकिने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले बताए ।

गौतमबुद्ध विमानस्थलमा बोइङ तथा एयरबसका जहाजले उडान भर्ने र अवतरण गर्ने निश्चित भएको छ । उक्त तयारीअनुसार विमानस्थलले अबको कम्तीमा पनि दुई साताभित्रै नागरिक उड्डयन संगठन (आईकाओ)को प्रमाणपत्र पाउने अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडानको तयारी सुरु गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x