Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

४१ प्रतिशतले घट्यो वैदेशिक सहायता प्रतिबद्धता

४१ प्रतिशतले घट्यो वैदेशिक सहायता प्रतिबद्धता

काठमाडौं, २ चैत । चालू आर्थिक ६ महिनामा वैदेशिक सहायता प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको करीब ४१ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार पुस मसान्तसम्ममा रू. १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रू. १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको थियो

चालू आर्थिक वर्षको ६ महिनामा आएको वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता रू. ६ अर्ब ८५ करोड र ऋण सहायता रू. १ खर्ब ४ अर्ब रहेको छ । मासिक रूपमा विश्लेषण गर्दा पुसमा सबैभन्दा बढी वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ भने कात्तिकमा कुनै पनि प्रकारको सहायता प्रतिबद्धता प्राप्त भएको छैन । यस अवधिमा वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमशः ६.२ प्रतिशत र ९३.८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः ९.७ प्रतिशत र ९०.३ प्रतिशत रहेको थियो ।

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये बजेट सहायता ४२.१ प्रतिशत, स्वास्थ्य (कोभिड १९ को नियन्त्रण तथा उपचार सहित) २३.१ प्रतिशत, शिक्षा १४.३ प्रतिशत, कृषि १०.५ प्रतिशत, ऊर्जा ६.५ प्रतिशत र अन्यमा ३.६ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x