Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सामाजिक सुरक्षा कोष मार्फत हुने निःशुल्क उपचार पुरानो मेडिकल कलेजमा

सामाजिक सुरक्षा कोष मार्फत हुने निःशुल्क उपचार पुरानो मेडिकल कलेजमा


काठमाडौं, २ चैत । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताहरुको निःशुल्क उपचार कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरबाट हुने भएको छ । कोष र कलेजले यस सम्बन्धी सम्झौता गरेका हुन् ।


यस भन्दा पहिले औषधि उपचार बापतको खर्च रकम अस्पताललाई भुक्तानी गरे पश्चात योगदानकर्ताले सामाजिक सुरक्षा कोषमा सोधभर्ना दाबी गर्ने गरेका थिए । अब देखी योगदानकर्ताले सिधै पुरानो मेडिकल कलेजमा कोषले उपलब्ध गराएको कार्ड देखाएर निःशुल्क उपचार सेवा लिन सक्ने व्यवस्था गरिएको हो । कोषका सूचना अधिकारी डा रोशन कोजुले मेडिकल कलेजसँग सम्झौता भएको बताए ।


सामाजिक सुरक्षा कोषले प्रदान गर्ने औषधीउपचार अन्तर्गत एक आर्थिक वर्षमा ओपिडिमा रु. २५ हजारसम्म र भर्ना भएको बिरामिको हकमा रु. एक लाखसम्म पाईने व्यवस्था छ । औषधिउपचार सेवा लिने बिरामीले २० प्रतिशत रकम भने आफैले व्यहोर्नु पर्ने र ७ लाखसम्मको उपचार खर्च कोषले व्यहोर्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x