Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

गुराँस लाइफ इन्स्योरेन्सको सम्मान कार्यक्रम सम्पन्न

गुराँस लाइफ इन्स्योरेन्सको सम्मान कार्यक्रम सम्पन्न


काठमाडौं, २ चैत । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. को राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा, एम डी आर टी , सि ओ टी तथा टी ओ टी लाई सम्मान कार्यक्रम गरेको छ । पोखराको होटल ग्रान्डमा फागुन २२ गते देश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुलाई सहभागी गराई कार्यक्रम सम्पन्न गरेको हो ।


कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृति राज कडेलले अभिकर्ताहरुको आर्थिक स्तर कसरी उकास्न सकिने र कम्पनीको व्यवसाय लाई कसरी सवल बनाई बीमा क्षेत्रमा योग्दान गर्न सकिन्छ भनी प्रशिक्षण गराएका थिए ।


साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले अभिकर्ताहरु बीमा क्षेत्रको मेरुदण्ड भएकाले देशको अर्थतन्त्र माथि उकास्न अभिकर्ताहरुले आफ्नो पेशालाई अझ परिस्कृत, वस्तु निष्ठ तथा व्यवसायिक बनाउन सल्लाह सुझाव तथा हौसला दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *