Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

फागुनमा २२ अर्ब रुपैयाँले बढ्यो निक्षेप

फागुनमा २२ अर्ब रुपैयाँले बढ्यो निक्षेप

काठमाडौं, ४ चैत्र । फागुन महिनामा बाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ । ऋण भने १७ अर्ब रुपैयाँले बिस्तार भएको छ ।

बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार, फागुनको २७ देखि ३० गतेको बीचमा निक्षेप ७ अर्बले बढ्दा ऋण ३ अर्ब रुपैयाँले मात्र बढेको छ ।

अहले बैंकहरुसँग कुल ऋण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप भने ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।

फागुन महिनामा १० बैंकको निक्षेप घटेको छ। नबिल, एभरेष्ट, सिद्धार्थ, लक्ष्मी, कुमारी, सिभिल, प्राइमलगायत बैंकको निक्षेप घटेको छ। माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु, एनआइसी एसिया बैंकको बढेको छ ।

यो अवधिमा ऋणमा भने राष्ट्रिय बाणिज्य बैंक, एनआइसी एसिया, नेपाल बैंक अगाडि छन्। राष्ट्रिय बाणिज्य बैंकले ७ अर्बले ऋण बढाएको छ । १० वटा बैंकको ऋण घटेको छ । माछापुच्छ्रे, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयनलगायत बैंकले ऋण घटाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *